पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, सरकारी अस्पतालमा निःशुल्क उपचार

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित ९२८ पटक पढिएको

पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बिमा, सरकारी अस्पतालमा निःशुल्क उपचार

जेठ १५, काठमाडौँ। सरकारले पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरेको छ । यसका लागि ५० प्रतिशत प्रिमियम रकम सरकारले व्यहोर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको बताउनुभयो।

पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा उपचारको व्यवस्था मिलाइएको उहाले बताउनुभयो।

जागिर खोसिएका पत्रकारहरुका लागि सरकारले लेखनवृत्ति समेत उपलब्ध गराउने भएको छ । यस्तै, सरकारले सञ्चारग्राममा प्रेस संग्राहलय समेत निर्माण गर्ने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोड विनियोजन गरिएको उहाले बताउनुभयो।

डिजिटल नेपाल फ्रमेवर्क कार्यान्वयन गरिने र डिजिटल अर्थतन्त्रको विकास गरिने अर्थमन्त्री पौडेलले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस