सरकारले काभ्रेका लागी ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट छुट्यायो, कुन पालिकामा कति बजेट?

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित ६५३३ पटक पढिएको

सरकारले काभ्रेका लागी ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट छुट्यायो, कुन पालिकामा कति बजेट?

जेठ २६, काभ्रे। सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेसंगै काभ्रेका विभिन्न स्थानीय तहले के कति बजेट पाए भन्ने चर्चा सुरु भएको छ। सरकारले काभ्रे जिल्लाको लागी ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट छुट्याएको छ।

जिल्लाका ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १३ वटा स्थानीय तहका लागी  सरकारले ४ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ बजेट छुट्याएको हो।

कुन नगरपालिकामा कति बजेट ?

नगरपालिकाहरु मध्ये सबैभन्दा धेरै बनेपा नगरपालिकाले बजेट पाएको छ भने सबैभन्दा कम बजेट पाँचखाल नगरपालिकालाई परेको छ।जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाको रुपमा रहेको बनेपा नगरपालिकाले ५० करोड ६९ लाख रूपैयाँ बजेट पाएको छ। यस्तै, धुलिखेल नगरपालिकाले ४७ करोड १२ लाख रूपैयाँ बजेट पाएको छ भने  पनौती नगरपालिकाले ४५ करोड ७० लाख पाएको छ। यस्तै, पाँचखाल नगरपालिकाले ३८ करोड १८ लाख, मण्डनदेउपुर नगरपालिकाले ४२ करोड ९९ लाख र नमोबुद्ध नगरपालिकाका लागि ३९ करोड २८ लाख बजेट विनियोजन गरिएको छ।

कुन गाउँपालिकामा कति बजेट ?

जिल्लामा रहेका ७ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी बजेट रोशी गाउँपालिकाले ४१ करोड ८७ लाख पाएको छ भने सबैभन्दा कम खानीखोला गाउँपालिकाका लागि २६ करोड १६ लाख बजेट विनियोजन गरिएको छ।

यस्तै, चौरीदेउराली गाउँपालिकाको लागी ३४ करोड ९२ लाख, तेमाल गाउँपालिकालाई ३१ करोड १२ लाख, बेथानचोक गाउँपालिकालाई २६ करोड ७० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
यसैगरी भुम्लु गाउँपालिकालाई २९ करोड ८८ लाख र महाभारत गाउँपालिकालाई २८ करोड ३६ लाख बजेट छुट्याएको छ।


प्रतिक्रिया दिनुहोस