काभ्रेमा मलको अभाव छिट्टै समाधान हुन्छ: पूर्व मन्त्री गोकुल बाँस्कोटा

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार मा प्रकाशित १२९० पटक पढिएको
काभ्रेमा मलको अभाव छिट्टै समाधान हुन्छ: पूर्व मन्त्री गोकुल बाँस्कोटा

जेठ १७, काठमाडौं। पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नो निर्वाचन क्षेत्रमा रासायनिक मलको अभाव हुन नदिने बताउनुभएको छ। उहाँले खेतीबालीको समय सुरु भएसंगै मलको अभाव हुने अवस्थालाई मध्ये नजर गर्दै काभ्रेमा मलको समाधान विषयमा आफुले छलफल गरिरहेको बताउनुभएको छ।

आज (सोमबार) सामाजिक संजाल ट्वीटर मार्फत उहाँले काभ्रेमा मल अभाव नभई मल ढुवानीको समस्या रहेको समेत बताउनुभएको छ।

उहाँले मल अभाव समाधानको प्रवन्ध मिलाउन कृषिमन्त्रीसँग कुरा भएको समेत बताउनुभएको छ। छिट्टै आपुर्तिको समस्या समाधान हुने बचन प्रप्त भएको समेत ट्वीटर उल्लेख गर्नुभएको छ।

पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको ट्वीट

प्रतिक्रिया दिनुहोस