विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित ७३७ पटक पढिएको
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन

जेठ १८, काठमाडौँ। विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ। उहाँको उपचारका क्रममा आज (मंगलबार) दिउँसो निधन भएको हो।

कोभिड–१९ बाट सङ्क्रमित थापाको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। थापालाई श्वासप्रश्वासको समस्या भएपछि ह्याम्स अस्पताल भर्ना गरिएको थियो। निमोनियाका कारण थापाको फोक्सोमा सङ्क्रमण फैलिएको डाक्टरले बताएका थिए। कोरोना भाइरसको सङ्क्रमण भएपछि उहाँलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो। त्यसपछि ह्याम्सबाट ग्राण्डी अस्पताल रिफर गरिएको थियो।

गएको शुक्रवार उहाँलाई ग्राण्डीबाट नेपाल मेडिसिटी अस्पतालमा उपचारका लागि लगिएको थियो। मेडिसिटीमा इक्मो प्रविधिबाट उहाँको उपचार भइरहेको थियो। थापालाई चिन्ने प्राय सबैले उहाँको स्वास्थ लाभको कामना गर्दै आएका थिए।

नेपालमा वैकल्पिक राजनीतिलाई स्थापित गर्ने उद्देश्य बोक्नुभएका थापा विवेकशील नेपाली दलको संस्थापक अध्यक्ष तथा विवेकशील साझा पार्टीका पूर्वसंयोजक हुनुहुन्थ्यो। उहाँको उपचारका लागि रकम सङ्कलनसमेत भएको थियो।

प्रतिक्रिया दिनुहोस