काभ्रेमा भोलिदेखि ६२ देखि ६४ वर्षका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाइदै

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ११२९ पटक पढिएको

काभ्रेमा भोलिदेखि ६२ देखि ६४ वर्षका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाइदै

जेठ २४, काभ्रे। काभ्रेमा भोली (मंगलबार) देखि जेष्ठ नागरीकहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाईदै छ।

जेष्ठ नागरीकहरुलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्राको खोप लगाउन लागिएको हो।

६२ देखि ६४ वर्षका उमेर समूहलाई जेठ २५ गतेदेखि कोरोना विरुद्धको खोप लगाइने भएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अनुसार काभ्रेमा पनि कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाईने भएको हो।

काभ्रेको १३ वटै स्थानीयतहले खोप लगाउनका लागी तयारी गरिसकेका छन् । सबै पालिकाहरुले खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकि सकेका छन्।

६२ देखि ६४ वर्षसम्मका उमेर समूहका व्यक्तिका ब्यक्तीहरुले आ-आफ्नो नगरपालिका वा गाँउपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले आग्रह गर्नुभएको छ।

खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने परिचयपत्र साथमा लिएर जान उहाँले अनुरोध गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस