पनौतीका सबै वडामा भोलिदेखि कोरोना विरुद्धको खोप लगाईदै, कुन वडाको खोप केन्द्र कहाँ ?

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ९१६ पटक पढिएको
पनौतीका सबै वडामा भोलिदेखि कोरोना विरुद्धको खोप लगाईदै, कुन वडाको खोप केन्द्र कहाँ ?

जेठ २४, काभ्रे। काभ्रे जिल्लाभर मंगलबारदेखि खोप लगाइदै छ। यसैक्रममा पनौती नगरपालिकाको सबै वडा पनि खोप लगाइदै छ।

६२ देखि ६४ वर्षका जेष्ठ नागरीकहरुलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाईदै छ। कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्राको खोप लगाउन लागिएको हो। जेठ २५ गतेदेखि २८ गतेसम्मको खोप तालिका नगरपालिकाले सार्वजनिक गरेको छ।

पनौती नगरपालिकाको १२ वटै वडाहरुले खोप लगाउनका लागी तयारी गरिसकेका छन्। सबै वडाहरुले खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकि सकेका छन्। बिहान १०:३० बजेदेखि दिउसो ४ बजेसम्म खोप लगाइने छ।

६२ देखि ६४ वर्षसम्मका उमेर समूहका व्यक्तिका ब्यक्तीहरुले आ-आफ्नो वडाले तोकेको खोप केन्द्रमा गई खोप लगाउन नगरबासीहरुलाई अनुरोध गरेको छ।

खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने परिचयपत्र साथमा लिएर जान नगरपालिका तथा वडा कार्यालयहरुले आग्रह गरेका छन्।

कुन वडाको खोप केन्द्र कहाँ ? हेर्नुहोस:-

 

प्रतिक्रिया दिनुहोस