कोरोना कहरविच बिरेन्द्रले दिए सैयौलाई रोजगार

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २४, सोमबार मा प्रकाशित ७४३ पटक पढिएको
कोरोना कहरविच बिरेन्द्रले दिए सैयौलाई रोजगार

जेठ २४, काभ्रे।  विश्व कोरोना भाइरसको चपेटाबाट गुज्रिरहेको अवस्था छ। यसबाट नेपाल पनि अछुतो रहेको छैन। तिब्र गतिमा फैलिरहेको कोरोनाको संक्रमण दर नियन्त्रण गर्न देशभर निषेधाज्ञा र संक्रमण दर उच्च रहेका जिल्लाहरु र विभिन्न शहरहरु शिल गरिएका छन्।

देशको यो अवस्थामा उद्योग, कलकारखाना, पसल व्यवशाय ठप्प रहेको छ। आर्थिक गतिविधि प्राय ठप्प रहेका छन् ।

नेपाल सरकारले देशभर निषेधाज्ञा अवधिमा पनि निर्माण तथा पुर्ननिर्माणको काम गर्ने नीति लिएको छ। सोही निती अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर पार्किङ बनाउने काम पनी तिब्र रुपले अघि बढिरहेको छ।

विमानस्थलको एयर पार्किङ निमार्ण तथा माटो फिलिङ गर्ने काम बिरुभाई कन्ट्रक्सन कम्पनि प्रा.लीले गरीरहेको छ। माहामारीको समयमा पनि कम्पनिले सरकारको अनुमती लिएर १०० जना मानिसलाई रोजगारी दिदै विमानस्थलको एयर पार्किङ निमार्णको काम संचालन गरिरहेको छ।

कम्पनिले ५ वर्षमा निर्माण सम्वन्धि विभिन्न कार्यहरु गदै आइरहेको छ। कम्पनीका सन्चालक बिरेन्द्र खत्रीको जन्मथलो सिन्धुपाल्चोक जिल्ला हो। कम्पनीसङ्गै समाजसेवामा पनि रुचि राख्ने भएकाले विरेन्द्रले धेरै आर्थिक अबस्था कम्जोर भएका मानिसहरुको चुलो बाल्दिने काम समेत गरेका छन्।

खत्रीले यस कम्पनीमा करिब ३०० जना मानिसलाई रोजगार दिएका छन्। उनका हितैषी साथि तथा यसै कम्पनीका एम.डी अरुण खड्का पनि कम्पनीलाई अघि बढाउन ठुलो हात रहेको देखिन्छ।

सन्चालक खत्रीका अनुसार अहिले यो विश्वव्यपी कोरोनाको माहामारीमा समेत १५० जना मानिसलाई रोजगार दिन उनी सफल छन् । बिरुभाई टेडस एण्ड कन्ट्रक्सन प्रा. ली.को अफिस सिनामङ्गल र यस बिरुभाई प्रा.ली. ले शाखा समेत बनाउन सफल भएको उनले बताए।

कन्ट्रक्सनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर पार्किङ बनाउने कार्यमा ६० वटा टिफर संञ्चालन गरी रहेकोमा आज पुन १५ वटा थप गरी नर्मिाण कार्य तिब्र गतीले अगाढि बढाएको पनी खत्रीले बताए ।

उनलाई सो कार्य गर्न नरायणी आयल स्टोरको सञ्चालक घनश्याम खत्री ,कपिल प्रधान, अरुण खड्का, धिरज अधिकारी, कृष्ण जसपाब र विमल खत्रिको उल्लेखिय सहकार्य रहेको पनी जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस