देशभर ५ हजार १५३ संक्रमित थपिदा ६ हजार ५७० जना संक्रमित निको भए

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २५, मंगलबार मा प्रकाशित ७४३ पटक पढिएको

देशभर ५ हजार १५३ संक्रमित थपिदा ६ हजार ५७० जना संक्रमित निको भए

जेठ २५, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर ५ हजार १५३ जना व्यक्ति कोरोना संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९८ जना संक्रमितको मृत्यु भएको छ।

आज ६ हजार ५७० जना संक्रमित निको भएका छन्।


प्रतिक्रिया दिनुहोस