काभ्रेमा आज १३२ जनाले जिते कोरोना, ९७ संक्रमित थपिए, १ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २६, बुधबार मा प्रकाशित १४२ पटक पढिएको

जेठ २६, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा १३२ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा ९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षणबाट ७१ जना र एन्टीजेन परिक्षणबाट २६ जना गरी जम्मा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ९४२ रहेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार १५३ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु

यस्तै सोहि अवधिमा जिल्लामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। बेथानाचोक गाउँपालिकाका ९१ वर्षीय महिलाको होम आइसोलेसनमा उपचार गरिरहेको अवस्थामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

३०४२ जनाले लगाए खोप

यसैगरी ६२ देखि ६४ वर्षका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाउने क्रम जारी छ। आज जिल्लाभरका विभिन्न पालिकाको विभिन्न खोप केन्द्रमा गरी जम्मा ३ हजार २४ जनाले खोप लागेका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस