बनेपा चारदोबाटोमा टिपरले ठक्कर दिदा मोटसाइकल चालक गम्भीर घाइते

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित १२३१ पटक पढिएको
बनेपा चारदोबाटोमा टिपरले ठक्कर दिदा मोटसाइकल चालक गम्भीर घाइते

जेठ २६, काभ्रे। काभ्रेको बनेपा चारदोबाटोमा टिपरले ठक्कर दिदा मोटसाइकल चालक गम्भीर घाइते भएका छन्। टिपरको ठक्करबाट बनेपा नगरपालिका-१ नालाका करिब २९ वर्षीय अमिर लामिछाने घम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज राजन कोइरालाले जानकारी दिनुभयो।

बनेपा पुलबजार तर्फबाट पनौती जादै गरेको बा ३ ख ३२२१ नम्बरको टिपरले धुलिखेलबाट नाला जादै गरेका अमिर सवार बा ४७ प ५९५० नम्बरको मोटरसाइकल चारदोबाटो सालिक छेउमै ठक्कर दिएको हो।

प्रत्यक्षदर्शीका अनुसार पनौती जादै गरेको टिपर शालिक घुमेर जानुपर्नेमा सालिक नघुमाई सालिकको अघिल्लो भागबाटै जाने क्रममा धुलिखेलबाट आईरहेको बाइकलाई ठक्कर दिन पुगेको हो।

घाईतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ भने टिपर चालक र टिपरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढेको छ।

प्रतिक्रिया दिनुहोस