काभ्रेमा आज १६४ जनाले जिते कोरोना, ४४ संक्रमित थपिए

३ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २७, बिहिबार मा प्रकाशित ८४८ पटक पढिएको
काभ्रेमा आज १६४ जनाले जिते कोरोना, ४४ संक्रमित थपिए

जेठ २७, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा १६४ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा ४४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षणबाट ३६ जना र एन्टीजेन परिक्षणबाट ८ जना गरी जम्मा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ८१९ रहेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार १९९ पुगेको कार्यालयले जनाएको छ।

३ जनाको मृत्यु

यस्तै सोहि अवधिमा जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुलिखेलका ४८ वर्षीय महिला, मण्डनदेउपुरका ६२ वर्षीय पुरुष र मेलम्चीका ५२ वर्षीय महिलाको मृत्यु भएको हो।

१२२७ जनाले लगाए खोप

यसैगरी ६२ देखि ६४ वर्षका उमेर समूहलाई कोरोना विरुद्धको खोप लगाउने क्रम जारी छ। आज जिल्लाभरका विभिन्न पालिकाको विभिन्न खोप केन्द्रमा गरी जम्मा १ हजार २२७ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस