कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २९, शनिबार मा प्रकाशित ३४६ पटक पढिएको
कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त

जेठ २९, पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उहाँलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे। मुख्यमन्त्री पोखरेलले आजै छरितो मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्नुहुने भएकाे छ।

वैशाख २९ मा दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख पौडेलले वैकल्पिक सरकार गठनका लागि शनिनबार दिउँसो ३ बजेसम्मको समय राखेर दाबी पेस गर्न आग्रह गर्नुभएकाे थियाे।

साेहीअनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए।

७१ वर्षे पोखरेल प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट विजयी हुनुभएकाे हाे। उहाँले एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गर्नुभएकाे हाे । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन्।

प्रतिक्रिया दिनुहोस