काठमाडौं उपत्यकामा थपियो एक साता निषेधाज्ञा, केही सेवा भने खुलाइँदै

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ३०, आईतबार मा प्रकाशित १०३९ पटक पढिएको
काठमाडौं उपत्यकामा थपियो एक साता निषेधाज्ञा, केही सेवा भने खुलाइँदै

जेठ ३०, काठमाडौं। काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ।

जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित थप एक साता बढाउने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेको हो।

निषेधाज्ञा केही खुकुलो

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीकाअनुसार संक्रमण दर कम हुँदै गएकाले निषेधाज्ञालाई केही खुकुलो पारिएको छ । जसअनुसार अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न दिइनेछ भने अनलाइन होम डेलिभरी सेवा पनि चल्नेछन् ।

अब बिहान ११ बजेसम्म पुस्तक पसल पनि खोल्न दिइनेछ भने अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने दिइनेछ । कृषि क्षेत्रको कामका लागि पनि सहजीकरण गरिनेछ ।

विदेश जानेहरुका लागि भिषाको काममा पनि सजिलो गरिने बताइएको छ । हाललाई यातायात सेवा खुलाइएको छैन । काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस