पनौती नगरपालिकाको आजसम्मको कोरोना बिवरण, कुन वडामा कति संक्रमित?

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ३०, आईतबार मा प्रकाशित १५१४ पटक पढिएको

पनौती नगरपालिकाको आजसम्मको कोरोना बिवरण, कुन वडामा कति संक्रमित?

जेठ ३०, काभ्रे। पनौती नगरपालिका क्षेत्रमा अहिले शिल हाटे पनि निषेधाज्ञा भने जारी रहेको छ। पनौती क्षेत्र शिल गरिएपछी बढ्दै गएको कोरोना संक्रमणको दरमा उल्लेख्य कमि आएको छ।

नगरपालिका स्वास्थ्य शाखाले संक्रमितको स्वाव परिक्षण, औषधि सहयोग, होम आइसोलेनमा बसेकालाई निरन्तर सल्लाह र निगरानी गर्दै आईरहेको छ। निषेधाज्ञा हटेपछि निषेधाज्ञा भने जारी नै रहेको छ तर समय तालिका अनुसार अत्यावश्यक पसलहरु समय तालिका अनुरुप स्वास्थ्य मापदण्ड पुरा गरी खोल्न भने अनुमति दिईएको छ।

कोरोनाको दोश्रो लहर सुरु भए यता आज जेठ ३० गते (आईतबार)सम्म पनौती नगरपालिकाको १२ वटै वडाको तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्या अर्थात् उपचार गराई रहनेको संख्या १२५ रहेको छ।

पनौतीमा हालसम्म कोरोना संक्रमण हुनेको कुल संख्या १ हजार ३४ रहेको छ जसमा हालसम्म निको हुनेको कुल संख्या ८८९ जना रहेको छ। यस्तै पनौती नगरपालिकामा कोरोनाका कारण २० जनाले ज्यान गुमाएका छन्, जसमा १० जना महिला र १० जना पुरुष रहेका छन्।

हाल उपचार गराईरहेका मध्ये ११८ जना होम अईसोलेसंमा बसेर उपचार गराईरहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ।

पनौतीको कुन वडामा कति संक्रमित छन् त ? यो तलको तालिका हेरेर थाहा पाउन् सकिन्छ:-


प्रतिक्रिया दिनुहोस