कोरोना काभ्रे: आज २०३ जना संक्रमित निको हुदा १०० संक्रमित थपिए

२ जनाको मृत्यु 
नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ३१, सोमबार मा प्रकाशित ९८६ पटक पढिएको

कोरोना काभ्रे: आज २०३ जना संक्रमित निको हुदा १०० संक्रमित थपिए

जेठ ३१, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा २०३ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा १०० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

पिसिआर परिक्षणबाट ८८ जना र एन्टीजेन परिक्षणबाट १२ जना गरी जम्मा १०० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ५७१ रहेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार ४५९ पुगेको कार्यालयले जनाएको छ।

२ जनाको मृत्यु 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार काभ्रेमा पछिल्लो २४ घण्टाको अवधिमा २ जनाको मृत्यु भएको छ। मण्डनदेउपुरका ५५ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा र पाँचखालका ५३ वर्षीय पुरुषको होम आइसोलेसनमा रहेकै अवस्थामा मृत्यु भएको हो।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस