केहि खुकुलो गर्दै काभ्रेमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ ३१, सोमबार मा प्रकाशित १२१८ पटक पढिएको
केहि खुकुलो गर्दै काभ्रेमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो

जेठ ३१, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले केहि खुकुलो गर्दै थप ७ दिनका लागि निषेधाज्ञा जारी गरेको छ। असार १ गतेबाट लागुहुने गरी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा आज (सोमबार) जारी आदेशमा जनाईएको छ।

असार १ देखि ७ गतेसम्म थपिएको निषेधाज्ञामा अत्यावश्यक सेवा खाद्यान्न, निर्माण क्षेत्र, सहकारी तथा वित्तिय क्षेत्र संचालनको मोडालिटीमा परिवर्तन गरी केहि सहज गरिएको छ। निषेधाज्ञा अवधिभर सार्वजनिक यातायात भने पूर्ण रुपमा बन्द नै रहने छन्।

काभ्रेमा यो सहित  छैटौ पटक निषेधाज्ञा जारी गरिएको हो।

जारी निषेधाज्ञामा विहान ६ बजेदेखि विहान १० बजेसम्म खाद्यान्न, पुस्तक पसल निर्माण सामग्री लगायत खुल्नेछन्।

बैक तथा वित्तिय संस्थाहरुमा पनि फरक फरक समय तोकिएका छन्। बैकहरु हप्ताको तिन र सहकारीहरु हरेक आईतबार र विहिबार दुई दिन मात्र खुल्ला हुनेछन्।

सरकारी कार्यालयको सेवालाई पूर्ण रुपमा अझै खुल्ला गरिएको छैन। स्थानीय सरकारले प्रदान गर्ने सेवामा पनि कडाई गरिएको छ। सहज वातावरण तयार गर्दै निर्माणको कार्यलाई जारी राख्ने निर्णय गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा जारी आदेश :-

प्रतिक्रिया दिनुहोस