आन्तरिक हवाई उडान सञ्चालन गर्न वायुसेवा सञ्चालन संघको माग

नौलो समाचार संवाददाता
२०७८ अषाढ १, मंगलबार मा प्रकाशित १६१६ पटक पढिएको
आन्तरिक हवाई उडान सञ्चालन गर्न वायुसेवा सञ्चालन संघको माग

असार १, काठमाडौं। वायुसेवा सञ्चालन संघले यथाशिघ्र आन्तरिक हवाई उडान सञ्चालनका लागि सम्पूर्ण सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ।

संघले विज्ञप्ति जारी गर्दै सुरक्षित तथा संक्रमणरहित उडानका लागि प्रतिबद्ध रहेको दोहोर्याउँदै कोरोना विरुद्ध तालिम प्राप्त जनशक्ति तथा हरेक उडान पूर्व जहाजको संक्रमण रहित सरसफाई, मास्क तथा फेश शिल्डको अनिवार्य प्रयोगले हवाई उडान सहज हुन सक्ने जनाएको छ।

संघका अनुसार लकडाउनको समयमा छिमेकी मुलुक तथा संसारैभरी आन्तरिक उडान बन्द नभएको र अन्तराष्ट्रिय अनुसन्धानहरुले पनि हवाई यात्रा संक्रमणरहित रहेको प्रमाणित गरे्को जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस