कालीगण्डकीको बहाव २८ वर्षयताकै उच्च विन्दुमा

नौलो समाचार संवाददाता
२०७८ अषाढ १, मंगलबार मा प्रकाशित ५४४ पटक पढिएको
कालीगण्डकीको बहाव २८ वर्षयताकै उच्च विन्दुमा

असार १ , पर्वत। कालीगण्डकी नदीको बहाव २८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ।

अविरल वर्षाका कारण मुस्ताङ, म्याग्दी, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको स्थानीय प्रशासनले जनाएको छ।

नदीको बहाव बढेपछि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीवेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुंगा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका छन्।

पर्वत, स्याङजा र गुल्मीको सिमामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ। वर्षा भइरहेको र कालीगण्डकीको बहाव पनि बढिरहेकोले प्रशासनले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस