कांग्रेस नेता हुमागाईद्वारा मेलम्चीका बाढिपिडितलाई सहयोग

नौलो समाचार संवाददाता
२०७८ अषाढ २, बुधबार मा प्रकाशित ९१० पटक पढिएको

कांग्रेस नेता हुमागाईद्वारा मेलम्चीका बाढिपिडितलाई सहयोग

असार २, मेलम्ची। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ट्रेड युनियन विभाग प्रमुख शिबप्रसाद हुमागाईले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भएको क्षतिको अवलोकन पछि राहत सहयोग उपलब्ध गराउनुभएको छ।

मंगलबार बेलुका आएको बाढीका कारण मेलम्ची तथा त्यस माथिका क्षेत्रमा बाढिले क्षति पुर्याएको छ। नाकुते भन्ने स्थानमा पहिरो गइ खोला थुनिएर आएको भनिएको बाढिले मेलम्ची खोला आसपासका बस्तीमा क्षति पुर्याएको हो।

क्षतिको विवरण बुझ्न मेलम्ची पुग्नुभएका केन्द्रीय सदस्य हुमागाईले विस्तापित परिवारका लागि तत्कालको सहयोग भन्दै २ हजार के.जी चामल हस्तारण गर्नुभएको छ। नेपाली काग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामा, क्षेत्र नं २ का क्षेत्रीय सभापति आइतसिंह तामाङ, तथा मेलम्ची नगर सभापति मधुसुदन सिग्देल मार्फत चामल हस्तान्तरण गर्नुभएको हो।

विपत्तिमा परेकाहरुको संख्या यकिन गर्न र आवश्यकता पहिचान भए पछि अन्य सहयोगको लागि पनि आफू तयार रहेको हुमागाईले बताउनुभयो।

नेपाली काग्रेस मेलम्ची नगर समितिको तर्फबाट बाढि पिडितहरुका लागि राहत तथा विपद व्यवस्थापन समिति निर्माण गरि नगरपालिकासँग समन्वय गरेर राहत वितरणको कार्यलाई अगाडि बढाउने नगर सभापति सिग्देलले बताउनुभयो।

राहत हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य हुमागाई सँगै पत्रकार महासंघ काभ्रे शाखाका पूर्व सभापति नारायण सापकोटा, तरुण दल पनौतीका अध्यक्ष महेश थापा, ट्रेड युनियन संघीय प्रतिनिधि रधुनाथ हुमागाई, पत्रकार नवराज सापकोटा लगायतको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस