अझै तीन दिन भारी वर्षा हुने, यी हुन् सतर्कता अपनाउनु पर्ने जिल्लाहरु

नौलो समाचार संवाददाता
२०७८ अषाढ ३, बिहिबार मा प्रकाशित १०५१ पटक पढिएको
अझै तीन दिन भारी वर्षा हुने, यी हुन् सतर्कता अपनाउनु पर्ने जिल्लाहरु

असार ३, काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाबाट जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार (आज) बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।

राती देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।

भोलि (शुक्रबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

शनिबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।

प्रभावित हुने जिल्ला

आज बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्गजा, लुम्बिनी प्रदेशको प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, सुदूरपश्चिम प्रदेशको कंचनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव उल्लेख्य बढ्ने र केहिमा आकस्मिक वहाव भई सतर्कता आसपास पुग्न सक्ने पुर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस