बनेपाको सिनागालमा आमाछोरा मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा

नौलो समाचार संवाददाता
२०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित १५११ पटक पढिएको

बनेपाको सिनागालमा आमाछोरा मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा

असार ४, काभ्रे। बनेपामा आमा-छोरा मृत अवस्थामा फेला परेका छन्। बनेपा नगरपालिका-११ सिनागालस्थित बानिया टोलमा आमा छोरा मृत अवस्थामा फेला परेका हुन्।

पाँचखाल नगरपालिका वडा नम्वर ६ स्थायी घर भएका ३० बर्षिय मनिषा कार्की घिमिरे र ६ बर्षिय छोरा युवान घिमिरे मृत अस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक राजन कोईरालाले जानकारी दिनुभयो। उनीहरुलाई असार ३ गते राति ११ः५५ बजेको समयमा प्रहरीले मृत अवस्था फेला पारेका थिए।

प्रहरीका अनुसार बनेपाको नाला दोवाटोमा पसल गरी बस्दै आएका ३३ बर्षिय माधवप्रसाद घिमिरेले आफ्नी श्रीमती र छोरालाई नाम नखुलेको विषादी सेवन गराई हत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

डिप्रेसनको औषधी खाईरहेका माधवप्रसादले श्रीमती र छोरालाई विषादी सेवन गराई ढोकामा ताल्चा लगाई निस्कने क्रममा स्थानियले देखेको र सोध पुछका क्रममा शंकास्पद जवाफ दिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख कोइरालाको नेतृत्वमा गएको टोलीले बनेपा करुणा मार्गको भित्रि गल्लीबाट पक्राउ गरेको थियो।पक्राउ परेका माधवले पनि विषादी खाएको आशंकामा उपचारको क्रममा शिर मेमोरियल अस्पताल लगिएकोमा  माधवको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ।

घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस