काभ्रे आज १२७ जना संक्रमित निको भए, ३८ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित १६३ पटक पढिएको

असार ४, काभ्रे। काभ्रेमा आज संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा १२७ जना संक्रमण मुक्त भएका छन्। जिल्लामा संक्रमित भन्दा निको हुनेको संख्या बढिरहेको छ।

यस्तै सोहि अवधिमा आज जिल्लामा ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या भने दैनिक कम हुदै गईरहेको छ।

पिसिआर परिक्षणबाट २४ जना र एन्टीजेन परिक्षणबाट १४ जना गरी जम्मा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ०४७ रहेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १० हजार ६२१ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस