सिन्धुपाल्चोकको हेलम्बु बाढी पहिरोमा अझै २३ जना बेपत्ता, क्षतिको विवरण सार्वजनिक

नौलो समाचार संवाददाता
२०७८ अषाढ ५, शनिबार मा प्रकाशित १०५५ पटक पढिएको
सिन्धुपाल्चोकको हेलम्बु बाढी पहिरोमा अझै २३ जना बेपत्ता, क्षतिको विवरण सार्वजनिक

असार ५, सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले असार १ गते पहिरो पछि आएको बाढीमा अझै २३ जना बेपत्ता रहेको जनाएको छ।

असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीमा परी हालसम्म बेपत्ता २३ जनाको सूचि गाउँपालिकाले सार्वजनिक गरेको हो।

गाउँपालिकाले चार महिलासहित २३ जना बेपत्ता रहेको शनिबार विज्ञप्ति जारी गर्दै बताएको छ।

बेपत्ता मध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत ८ जना छन्। जसमा तीन भारतीय र तीन चिनियाँ नागरिक छन्।

अविरल वर्षासँगै आएको मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । गाउँ भएको ठाउँ बगरमा परिणत भएको छ ।

गाउँपालिकाले बाढी र पहिरोले पुर्‍याएको भौतिक क्षतिसमेत सार्वजनिक गरेको छ।

हेर्नुहोस् गाउँपालिकाको विज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस