नमोबुद्धका कृषकलाई अनुदानमा मौरीघार वितरण

नौलो समाचार संवाददाता
२०७८ अषाढ ८, मंगलबार मा प्रकाशित ११८३ पटक पढिएको

नमोबुद्धका कृषकलाई अनुदानमा मौरीघार वितरण

असार ८, काभ्रे। नमोबुद्ध नगरपालिकाले नगरका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ। नगरपालिकाले नगरलाई मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको मौरीघार वितरण गरेको हो।

आज (मंगलबार) कृषकलाई मौरीपालनसम्वन्धी तालिमसहित घार वितरण गरिएको नगरपालिका कृषि शाखा प्रमुख रेशम दाहालले जानकारी दिए । चालु आर्थिक बर्षको कार्यक्रमअनुसार ५६ वटा मौरीको घार वितरण गरिएको छ।

कृषकहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र वडा नं. १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले मौरीघार हस्तान्तरण गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले नगरका कृषकलाई आत्मनिर्भर बनाउने अभियानअन्तर्गत मौरीघार वितरण गरिएको र आगामी बर्ष पनि यसले निरन्तरता पाउने बताउनुभयो । उहँले यसै बर्षदेखि अनुदानमा भैसी तथा बाख्रा वितरण अभियानको सुरुवात भइसकेको र त्यसको प्रभावकारिता हेरेर आगामी बर्ष थप बजेटको व्यवस्थासहित कार्यक्रम अघि बढाउने जानकारी दिनुभयो।

यस्तै वडा नं. १० का वडाअध्यक्ष रामकृष्ण अधिकारीले नगरका ९० प्रतिशत जनता कृषिमा निर्भर रहेकाले कृषिमै आत्मनिर्भर बनाउन अभियान थालिएको बताउनुभयो। नमोबुद्ध नगरलाई अर्गानिक कृषिको केन्द्र बनाउने उद्देश्य रहेको भन्दै अधिकारीले त्यसमा कृषकहरुको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको थियो।

कार्यक्रममा कृषक रामप्रसाद घिमरेले आफूहरुले मौरीघारसहित तालिमसमेत पप्त गरेको र व्यवस्थित एवं व्यवसायिकरुपमा मौरीपालन कार्यलाई अघि बढाउन हौसला मिलेको बताउनुभयो। नगरपालिकाले मौरीपालनका लागि पकेट क्षेत्र नै बनाएर अन्य पालिका र जिल्लामा मौरी र मौरीघार निर्यात गर्ने योजना बनाएको छ ।

यस्तै नगरमा उत्पादिन महको बजारीकरणको वयवस्थासमेत गरिने योजना तय भएको छ। नमोबुद्ध नगरपालिकाले यसअघि विभिन्न वडाका कृषकका लागि ८० प्रतिशत अनुदानमा १ सय ५५ वडा पाडी वितरण गरिसकेको छ भने चालु आर्थिक बर्षमै बाख्रा वितरण गर्दैछ। कृषि शाखामार्फत ७५ प्रतिशत अनुदानमा भुसा काट्ने मेसिन ९च्यापकटर० ५० प्रतिशत अनुदानमा मिनिटिलर, इलेक्ट्रिक पम्प, फलफूलको बिरुवा वितरण गर्दैछ ।


प्रतिक्रिया दिनुहोस