पनौती जात्रा (ज्याः पुन्ही)

पुरुषोत्तम ताम्राकार
२०७८ अषाढ १०, बिहिबार मा प्रकाशित २००९ पटक पढिएको
पनौती जात्रा (ज्याः पुन्ही)

असार १०, काभ्रे। पनौती जात्रा खास अर्थमा ज्याः पुन्ही अर्थात काम काजको मिचोमा पर्ने पुर्णिमाको बेला पर्ने गर्दछ यो जात्रा। खासै अर्थमा हो पनि पनौती जात्रालाई काम काजको मिचोमा पर्ने जात्रा यो जेष्ठ पुर्णिमाका दिन पर्दछ । पहिला पहिला यो जात्रालाई घुमे जात्रा भन्ने चलन पनि थियो । यस जात्रामा टाढा टाढा गाँउबेसीबाट घुम छाता (पातको छाता) बेच्न पनौती बजार लगायत अन्य ठाँउमा ल्याउने गरिन्थ्यो । त्यति बेला यो घुम छाता ओढेर वर्षा घाममा धान रोप्ने चलन चल्ती थियो।

प्रसङ्ग बदलौ पनौतीको जात्रा प्रचिन कालदेखीको किम्बदन्ती अनुसार परापुर्व कालमा थाम्पा भैल ह्यो चोटी(भैरवनाथ) छिमेकी सहर साँखुमा भगेको थियो रे । त्यो (यौनिक मामिला)मा भैरवनाथ साँखुमै भुलिरहेको समयमा भैरवनाथलाई पनौती मै फकौउन यता पनौतीको तान्त्रीक बैद्य ज्युहरुले निकै फकाउदा पनि भैरवनाथ नमान्दा पछि एउटा अचम्म ८ खुटट हात पाउ भएको प्रजाती नै उनलाई दिने निधो गरेपछि भैरवनाथलाई बल्ल त्यो आश्चार्यको चिज के रहेछ भनेर त्यो आश्चार्यका आठ खुट्टा जीव पाउने आशामा पनौतीमै फर्किएको र लगत्तै एउटा एउटा खोलाबाट आठ खुट्टा हात भएको गंगटो उपहार दिए लगत्तै भैरवनाथको खुट्टामा बाक्लो सिक्रिले बाधेर राखेको किम्बदन्ती अहिलेसम्म मुर्तिमा यि दुईवटा चिज देख्न सकिन्छ ।

त्यस्तै अब यो जात्रा परापुर्व कालमा विहानै झिसमिसेमै सकाउने चलन थियो रे । त्यसपछि पनौतीका बासिन्दाहरु खेतीपातीको काममा लाग्ने चलन थियो रे । त्यसपछि जात्रा । त्यसरी फर्काएर ल्याएको भैरवनाथलाई यौन प्यास मेटाउने क्रममा यहाँ क्रमशः ३ वटा रथ तयार गरिन्छ । जात्रा पनौतीको यो ज्याः पुन्ही पर्वमा मुख्य गरीे प्रथम दिन कुलक्या, भोली पल्ट मुजात्रा अनि तेस्रो दिन ज्याः पुर्णे मुख्य जात्रा पर्दछ । पनौती जात्रामा खास पाटनबाट सवारी हुने बासुकी नाग जात्रा भन्दा केहि दिन पहिला नै प्रवेश गर्दछ । यो शिठी नःख भन्दा केहि आसपास दिनहरुमा पर्दछ । नाग प्रवेश संगै पनौती बजारभरी हावम हुरी सहित पानी पर्दछ । त्यसपछि बासुकी नाग हावा पानी हुरीसंगै पनौतीको गोरखनाथ डाँडामा बस्ने किम्बदन्ती हालसम्म छदैछ।

जात्राको पहिलो दिन कुलक्या को पर्व पर्दछ । त्यो दिनामा त्रिवेणी घाटको ओखल ढुङ्गे पुलमा साँझपख दुईवटा जतीको केहि महिला अनि पुरुषले पुजाको सामाग्री सहित ब्रम्मायणी मन्दिरमा पुजा गर्नै पर्ने अवस्थामा परापुर्व कालको अनुसार वर्षा यामको समयमा बाशुकी नागको जिउ नै पुल बनेर खोला तार्ने किम्बदन्ती अनुसार चिप्लो हुने हुनाले दुईवटा जतीको पुजा लएिर सुस्त सुस्त विस्तारै केहि समय लगाएरउक्त पुजा लिएर खर्पन बोकी हिड्दै गरेको दृष्यलाई (दुइचा क्यागेगु) भनेर भनिन्छ । उक्त दिन सयौँ मानिसहरु उक्त जात्रा हाल त्रिवेणीको झोलुङ्गे पुलमा हेरेर विताउँछ । केहि अझै उक्तदिनको साँझ पख भद्रकाली मातालाई रथमा विराजमान गराई त्यहि साँझ रथ तानेर ब्रम्हायणी मन्दिरमा भद्रकाली माताको मुर्तीसहित पनौती कै कर्माचार्य थरको मुली व्यक्तिद्धारा मध्यरातमा भद्रकाली माताको विधिवत रुपमा पुजा गरिन्छ ।
भोलिपल्ट अर्थात जात्राको दोस्रो दिनमा विहानैदेखि पनौतीको आम जनसमुदायहरुले आफुले गच्छे अनुसार धुपदिप बाली पुजा सहित बोका, हाँस, कुखुराको बली सहित चढाएर पुजा गर्दछन् । यसदिन पनौती बजार भित्र खास (मु–भ्वे) मुलजात्रा भनेर नेवारी भोजन चिउरा मासुको परिकार, बारा, कालो भटमास, बोडी, सिमी रमखेर घरघरमा भोज खाने पाहुनापासा बोलाउने चलन छ । यस्तै क्रममा भोलीपल्ट अर्थात ज्याः पुर्णे मुख्य जात्रा तेस्रो दिनको दिन माता भद्रकाली भैरवनाथ महादेव खट् सहित तीन वटै रथलाई पनौती घाटबाट तानेर क्रमश डबलीमा ल्याउने क्रम जारी हुन्छ ।

बजा गाजा सहित यसरी रथ तान्ने क्रममा एकआपसमा भद्रकाली माई र भैरवनाथको रथहरु एक आपसमा राखेर ३–३ पटक जुधाउने गरिन्छ । त्यतिबेला धिमे बाजा सहित बाँसुरी बाँजा सहित पनौती डवलीमा एक रथबाट अर्कोमा विभिन्न प्रकारका रङ्ग छर्ने चलन रहेको छ । यसरी हजारौ दर्शकहरुको हेर्ने घुईचो लाग्दछ । यसरी जात्रा भद्रकाली माता र भैरवनाथको रथ जुधाउने क्रम सकिएपछि अब महादेवको रथलाई उचाली फेरी भद्रकालीको रथसंग झण्डै तीन चोटी जुधाईन्छ । महादेवको रथलाई उचाल्दा थचार्दा पुजारीलाई भुईमा खसाल्ने व्यक्तिलाई सुनको उपहार दिनपर्ने किम्बदन्ती पनि रहेको छ ।

यो सबै वर्ष दिनमा एकपल्ट महादेव र भैरवनाथ भद्रकालीसंग (यौनिक) संसर्ग गरेको नाममा जात्रा पर्व दिनभरमा सकाईन्छ त्यो दिन । जात्रा अवधी केहि वर्षदेखि दर्शकहरुको अनुरोधमा आजकल दिनभरी गरिन्छ । त्यसै राती (चिलाख) बत्ती बाली प्रत्येकको घरघरबाट मानिसहरु निस्केर ब्रम्हायणी मन्दिरको सानो रथ बोकेर पनौती घुमाउछन् ।

यसरी जात्रा नियमित पनौतीमा सदियौदेखी चलिरहेकोमा पोहोर साल २०७७ चैत ११ गतेदेखी विश्व माहामारी कोभिड १९ को कारण यो वर्ष २०७८ मा पनि यो जात्रा स्थानिय निकाय लगायतको छलफलमा यस वर्ष पनि पोहोर साल जस्तै क्षमा पुजा गरी मनाउने र आगामी वर्षसम्म कोभिडको महामारी नियन्त्रण हुदै गएमा राम्रोसंग मनाउने कुरा गरी निर्णय गरिएको बताईएको छ । स्मरण रहोस आउदो माघ महिना लाग्ने १२ बर्षे मकर मेला पनि यहिको त्रिवेणी घाटमा लाग्ने गर्दछ । शुभ दिनको प्रतिक्षा गरौँ ल । अस्तु ।

लेखकः पुरुषोत्तम ताम्राकार

प्रतिक्रिया दिनुहोस