बेथानचोक गाउँपालिकाको बजेट ५२ करोड ५१ लाख, शिक्षामा जोड

नौलो समाचार संवाददाता
२०७८ अषाढ १०, बिहिबार मा प्रकाशित ९३१ पटक पढिएको
बेथानचोक गाउँपालिकाको बजेट ५२ करोड ५१ लाख, शिक्षामा जोड

असार १०, काभ्रे। बेथानचोक गाउँपालिकाले आर्थिक बर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।  आज (बिहिबार) नवौं गाउँसभामाबाट बेथानचोक गाउँपालिकाले ५२ करोड ५१ लाख ४२ हजार ५५१ रुपियाँको बजेट सार्बजनिक गरेको छ।

गाउँपालिकालका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले नीति कार्यक्रम र उपाध्यक्ष सरिता लामिच्छानेले आगमी बर्षको बजेट पेश गरेकी थिइन ।

गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेले आगमी बर्षको बजेट पेश गर्दै वडा न १ मा ६० लाख, वडा न २ र ३ मा ७०/७० लाख, वडा न ४ लाई एक करोड ४५ लाख, वडा न ५ मा ७५ लाख र वडा न ६ मा ८० लाख रुपियाँ बजेट विनियोजन भएको उल्लेख गर्नुभयो।

त्यस्तै शिक्षामा एक करोड २० लाख, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखालाई ४० लाख, पशुपक्षी सेवा शाखामा ८५ लाख, खेलकुद शाखा २० लाख, स्वास्थ्य शाखामा एक करोड २० लाख, कृषि शाखामा एक करोड, प्रधानमन्त्री रोजगार कार्यक्रममा १० लाख, न्यायिक समिति २० लाख लगायतमा बजेट विनियोजन भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस