काँक्रोबाट लाखौं आम्दानी गर्दै खरिपाटीका किसान

नौलो समाचार संवाददाता
२०७८ अषाढ १३, आईतबार मा प्रकाशित १७९४ पटक पढिएको
काँक्रोबाट लाखौं आम्दानी गर्दै खरिपाटीका किसान

असार १३, भक्तपुर। भक्तपुर जिल्ला स्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित खरिपाटीका करुणा बाँस्तोला यतिखेर कृषी कर्ममा लागी परेकी छिन् ।

कृषिलाई नै मुख्य पेशा  बनाउनुभएकी उहाँ प्रत्येक बर्ष तरकारी खेती बाटै लाखौं आम्दानी गर्ने बताउनुहुन्छ। बर्षेनी गोलभेँडा, सिमी, बोडी, करेला,आलु लगायत बिभिन्न तरकारी खेती बाट मनग्य आम्दानी हुन थालेपछि पारिवारिक, आर्थिक उन्नती हुन थालेकोमा खुसी ब्यक्त गर्नुहुन्छ। आफ्नै सिमित जग्गामा लाखौंको आम्दानी हुन लागेपछी कृषि क्षेत्रलाई ब्यबसायिक रुपमा लान खोज्नुभएको छ । करुणा मात्र होइन त्यही क्षेत्रका कविता बाँस्तोलाका अनुसार काँक्रोबाट मात्रै एक सिजनमा २ लाख भन्दा बढिको आम्दानी हुने गरेको छ । सिमित जग्गामा गरिएको तरकारी खेती बाट मनग्य आम्दानी हुनुका साथै धान र आलु खेती पनि उत्पादन हुने कविताको भनाइ छ।

तरकारी खेती गर्न सकियो भने आय आर्जनको श्रोत खोज्न कतै जानु नपर्ने र सम्पती कमाउनैको लागि घर परिवार छाडेर कसैले बिदेशिनु नपर्ने अर्का किसान सबिना बाँस्तोलाको तर्क रहेको छ। मुहान पोखरी नजिकै रहेका खेतबारीमा त्यस क्षेत्रका अधिकाशं किसानहरु सिन्चीत जग्गा भएकै कारण सुन फलाउने जग्गाको रुपमा प्रयोग गरिएको बताउँछन् ।

किसानका अनुसार त्यस क्षेत्रका जग्गाहरु बाह्रै महिना आम्दानीको श्रोतको रुपमा प्रयोग गरिरहेका छन् । तरकारीका ठेकेदार श्याम ख्याँजुका अनुसार खरिपाटी क्षेत्रबाट मात्रै यो सिजनमा ३ करोड भन्दा बढिको काँक्रो निर्यात हुने गरेको छ । खरिपाटीमा उत्पादित काँक्रो काठमाण्डौ स्थित कालिमाटी बाट देशका बिभिन्न भागमा पुग्ने गरेको ठेकेदार ख्याँजु बताउनुहुन्छ।

बार्षिक करोडौंको तरकारी समेत उत्पादन हुने खरिपाटी क्षेत्रका बासिन्दाको प्रमुख आयश्रोतका रुपमा रहेको तरकारी खेति लाई निरन्तरता दिन सके जन स्तरमा आय स्तर अझै बढि अगाडी बढ्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस