भकुण्डेमा अवैध मदिरा नष्ट

नौलो समाचार संवाददाता
२०७८ अषाढ १४, सोमबार मा प्रकाशित ११३८ पटक पढिएको

भकुण्डेमा अवैध मदिरा नष्ट

असार १४, काभ्रे। नमोबुद्ध नगरपालिकाको भकुण्डे तथा आसपासका क्षेत्रमा अवैधरुपमा बिक्रीका लागि राखिएका घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ।
प्रहरी चौकी भकुण्डेबेशीले जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञा कार्यान्वयन गराउने उद्देश्यले गरेको बजार अनुगमनको क्रममा नमोबुद्ध नगरपालिका-२ बुचाकोट र नमोबुद्ध-७ भकुण्डेबजारमा रहेका तीनवटा पसलबाट कच्चा पदार्थसहित २ सय ७० लिटर घरेलु मदिरा बरामद गरेको हो।

बरामद गरिएको मदिरा आज (सोमबार) नमोबुद्ध नगरपालिका र वडा नं. ४ को रोहबरमा नष्ट गरिएको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सुजन कुरुङ्जुले जानकारी दिनुभयो। नमोबुद्ध नगरपालिका-४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, नगरपालिकाका प्रशासकीय अधिकृत विनोद रसाइली लगायतको उपस्थितिमा मदिरा नष्ट गरिएको हो।

कुरुङ्जुका अनुसार मदिरा बिक्रीवितरण गर्ने व्यवसायीलाई अबदेखि बिक्री नगर्ने शर्तमा एकपटकका लागि चेतावनीसहित छाडिएको छ । प्रहरी चौकी भकुण्डेले अवैधरुपमा मदिराको बिक्रीवितरण नगर्न सर्वसधारणमा अपिलसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस