पनौती सुन्थानका दुई विपन्न परिवारलाई दुई कोठे पक्की घर हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७८ अषाढ १५, मंगलबार मा प्रकाशित १०५० पटक पढिएको
पनौती सुन्थानका दुई विपन्न परिवारलाई दुई कोठे पक्की घर हस्तान्तरण

असार १५, काभ्रे। पनौती नगरपालिका वडा नं ९ सुन्थानका दुई विपन्न परिवारलाई पक्कि घर हस्तान्तरण गरिएको छ।

आर्थिक अभावका कारण भुकम्पमा क्षति पुगेका निजी आवास भवन निर्माण गर्न नसकेका पनौती-९ सुन्थानका ललितबहादुर दमाई र राजकुमार दमाईलाई पक्कि घर निर्माण गरेर हस्तान्तरण गरिएको हो।

शान्ति जनआर्दश सेवा केन्द्र र सिआरएस नेपालको साझेदारीमा सञ्चालित काभ्रे पुर्नलाभ तथा पुर्नउत्थान परियोजना अन्तरगत निर्माण भएका दुईवटा घर पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने, शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा र पनौती ९ का वडा अध्यक्ष सहकुलकुमार हुमागाईले सुन्थानका ललितबहादुर दमाई र राजकुमार दमाईलाई नवनिर्मित दुई कोठे पक्की घर हस्तान्तरण गर्नुभएको हो।

ललित र राजकुमारको आर्थिक अवस्थाका कमजोर भएकै कारणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सरकारले उपलब्ध गराएको पहिलो किस्ताको रकम लिएपनि घर निर्माण गर्न सकेका थिएनन । पक्कि घर पाएसँगै उनीहरुले पहिलो किस्ता बापत सरकारबाट पाएको ५० हजार रकम परियोजनाले नै फिर्ता गर्न सहयोग गरेको थियो ।

पुर्नलाभ तथा पुर्नउत्थान परियोजना अन्तरगत काभ्रेको तेमाल गाउँपालिका, रोशी गाउँपालिका र पनौती नगरपालिकामा कम लागतमा ४२ वटा निजी आवास भवन पुनर्निर्माणको काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस