पनौती नगरपालिकाको अनुरोध: सडक अतिक्रमण गरी निर्माण सामाग्री तथा पार्किङ नगर्नू

नौलो समाचार संवाददाता
२०७८ अषाढ १६, बुधबार मा प्रकाशित १०८३ पटक पढिएको

पनौती नगरपालिकाको अनुरोध: सडक अतिक्रमण गरी निर्माण सामाग्री तथा पार्किङ नगर्नू

असार १६, काभ्रे। पनौती नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण सामाग्री तथा पार्किङ नगर्न नगरबासीलाई अनुरोध गरेको छ। सडक अतिक्रमण गरी निर्माण सामाग्री तथा पार्किङ गर्दा दमकल, एम्बुलेन्स लगाएतका अत्यावश्यक सवारी आवागमनमा अवरोध उत्पन्न भई समयमै औषधि उपचार नपाई मानिसको ज्यानै जान सक्ने भएकोले यस विषयमा  गम्भिर हुन नगरवासीलाई आग्रह गरेको छ।

आज नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीद्वारा हस्ताक्षरित सूचनामा सडक किनारमा कुनै पनि प्रकारको सरसामान राखेको पाईएमा सामान जफत गरी जरिवाना तथा कारबाही गरिने उल्लेख गरिएको छ।

नगपालिकाले सबै ठाउँका, सबै किसिमका सडक, ढल, नाला खुला राख्न र छत कौसीबाट निस्कने पानी सिधै सडकमा नझार्न पनि नगरवासीलाई आग्रह गरेको छ।

पनौती नगरपालिकाद्वारा जारी सूचना:-


प्रतिक्रिया दिनुहोस