नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि

नौलो समाचार संवाददाता
२०७८ अषाढ १७, बिहिबार मा प्रकाशित १५७७ पटक पढिएको

नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि

असार १७, काठमाडौं। आज (बिहीबार) नेपाली बजारमा सुन चाँदीको मूल्य वृद्धि भएको छ।

गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनको मूल्यमा आज प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले वृद्धि हुँदै ९० हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य समेत गत हिजो (बुधबार)को तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि भई १ हजार ३१० रुपैयाँ पुगेको सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बजारमा सुन प्रतितोला ९० हजार र चाँदी एक हजार २ र ९० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस