पोषक तत्वले भरिपुर्ण ‘काँक्रो’, यस्ता छन् अनेकौ फाइदा…

नौलो समाचार संवाददाता
२०७८ अषाढ १७, बिहिबार मा प्रकाशित १३५२ पटक पढिएको
पोषक तत्वले भरिपुर्ण ‘काँक्रो’, यस्ता छन् अनेकौ फाइदा…

असार १७, काभ्रे। खानालाई स्वास्थ्यबर्धक बनाउने हो भने त्यसमा काँक्रोको समावेशलाई अनिवार्य मानिन्छ। हुन त परम्परागत रुपमै पनि संसारभर काँक्रो पोषकतत्वको एक अंगको रुपमा रहदै आएको छ।

यसप्रकारका छन् काक्रोका फाइदा:-

– काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसको शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।

– सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ। यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।

– यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ। मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।

– काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ। यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।

– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।

– यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।

– धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।

– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।

– मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।

– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।

– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।

– यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।

– यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।

– यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।

– यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ।

प्रतिक्रिया दिनुहोस