आज पनि बढ्यो सुनको भाउ

नौलो समाचार संवाददाता
२०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित ९२८ पटक पढिएको
आज पनि बढ्यो सुनको भाउ

असार १८, काठमाण्डौ। सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ।

हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ बाज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको भाउ भने स्थिर छ। चाँदीको भाउ हिजो जस्तै आज तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ।


प्रतिक्रिया दिनुहोस