नेपालमा भित्रियो १ अर्ब बढीको चाइनीज लसुन

नौलो समाचार संवाददाता
२०७८ अषाढ २०, आईतबार मा प्रकाशित १५४९ पटक पढिएको
नेपालमा भित्रियो १ अर्ब बढीको चाइनीज लसुन

असार २०, काठमाडौं। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ अर्ब बढीको लसुन आयात भएको छ।

भन्सार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा १ अर्ब २ करोड ६८ लाख ४१ हजार रुपैयाँ बराबरको लसुन आयात भएको हो ।

नेपालमा छिमेकी दुई मुलुक भारत र चीनबाट लसुन आयात हुने गरेको छ । यी दुई देशबाट चालु आवको ११ महिनामो अवधिमा ९ हजार ७७२ टन लसुन भित्रिएको छ ।

नेपालमा सबैभन्दा बढी चीनबाट लसुन आयत भएको विभागले जनाएको छ । जेठमसान्तसम्मा चीनबाट १ अर्ब १ करोड ६४ लाख ८४ हजार रुपैयाँ बराबरको लसुन नेपाल आएको छ । उक्त अवधिमा ९ हजार ६४८ टन लसुन चीनबाट आयात भएको हो ।

यस्तै, सोही अवधिमा भारतबाट १ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको लसुन आयत भएको छ । चालु आवको ११ महिनाको अवधिमा भारतबाट १२३ टन बढी लसुन नेपाल आएको विभागले जनाएको छ ।

जेठ मसान्तसम्ममा लसुन आयतबाट सरकारले २५ करोड ७८ लाख ८० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस