काभ्रेमा आज १२ जना संक्रमित डिस्चार्ज हुदा १६ जना थपिए

नौलो समाचार संवाददाता
२०७८ अषाढ २०, आईतबार मा प्रकाशित ५६५ पटक पढिएको
काभ्रेमा आज १२ जना संक्रमित डिस्चार्ज हुदा १६ जना थपिए

असार २०, काभ्रे। काभ्रेमा आज १२ उपचार पछी कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा काभ्रेमा १६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

जसमध्ये पिसिआर परिक्षणबाट धुलिखेल नगरपालिकामा २, बेथानाचोक गाउँपालिकामा २ जना तथा एन्तिजेन परिक्षणबाट पाँचखालमा ५, बेथानाचोकमा १,  पनौतीमा ४,  रोशीमा २ जनागरी जम्मा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ३९८ पुगेको छ।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार १३४ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस