जातीय विभेद गरिएको भन्दै रूपा सुनारद्वारा घरधनी र मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट

नौलो समाचार संवाददाता
२०७८ अषाढ २०, आईतबार मा प्रकाशित ७६३ पटक पढिएको

जातीय विभेद गरिएको भन्दै रूपा सुनारद्वारा घरधनी र मन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट

असार २०, काठमाण्डौ। जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै सञ्चारकर्मी रूपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको छ।

दलित भएकै कारण कोठा भाडामा नदिएको र पक्राउ पर्नुभएकी घरधनीई प्रहरीबाट छुटाउन सरकारी गाडी लिएर जानुभएका शिक्षा मन्त्रीले छुवाछुत गरेको भन्दै रूपा सुनुवारले आज सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको हो । मुद्दामा घरधनी सरस्वती प्रधान, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई विपक्षी बनाइएको छ।

मुद्दामा जातीय भेदभाव तथा छुवाछुत गर्नेहरूलाई कारबाही तथा आफ्नो मौलिक हकको संरक्षणका लागि आदेश जारी गर्न माग गरिएको छ। यस्तै छुवाछुत गर्नेलाई संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई पदबाट हटाएर जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव ऐनअनुसार कारबाही गर्न रिटमार्फत माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस