गायिका प्रतिभा सापकोटाको ‘तीज भयो क्यार ठिस’ बजारमा (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ अषाढ २१, सोमबार मा प्रकाशित ११२१ पटक पढिएको
गायिका प्रतिभा सापकोटाको ‘तीज भयो क्यार ठिस’ बजारमा (भिडियो)

असार २१, काभ्रे। महिलाहरुको महान पर्व तीज आउन अझै दुई महिना बाँकी रहेपनि तीजका भाका बजारमा आउन थालिसकेका छन्।

यसबर्ष तीजका भाकाको भिडमा एउटा फरक प्रयोग सहित गायिका प्रतिभा सापकोटाको ‘तीज भयो क्यार ठिस’ बजारमा आएको छ । केहि फरक पन र प्रयोग सहित बजारमा आएको यस तीज गितको यति बेला नेपालि संगित बजारमा चर्चा शुरु भएको छ ।

यो गीतमा प्रयोग भएका शब्द र फरक संगितले फरक स्वादको संगित मन पराउने नेपालीको ध्यान तान्न सफल भएको छ । तीज गीतलाइ केहि बिशेष बनाउने प्रयासलाइ नेपालि श्रोता दर्शकले रुचाएको गायिका प्रतिभा सापकोटाले बताउनुभयो।

उक्त गीतमा प्रतिभा सापकोटा, मदन ढकाल, तीर्थ खत्री र टीका सानूको स्वर रहेको छ भने मदन ढकालको शब्द तथा तीर्थ खत्रीको लय रहेको छ । गीतको भिडियो टीका सानुको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । साथै यो गित यतिबेला टिकटक प्रयोगकर्ता बिच लोकप्रीय बन्दै गएको छ ।

गीतको म्युजिक भिडियोलाइ आकर्षक बनाउन निर्देशक गौरब गिरिले सकेको प्रयास गर्नुभएको छ, यस कारण पनि भिडियो धेरैको रोजाइमा परेको छ । दर्शक श्रोताको माया पाएसंगै यस गीतबाट आफु अत्यन्त उत्साहित भएको गायिका सापकोटाले बताउनुभयो।

‘तीज भयो क्यार ठिस’ को भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस