काभ्रेमा अझै खुकुलो गर्दै निषेधाज्ञा १० दिन थपियो, जोरबिजोर प्रणाली हट्यो

नौलो समाचार संवाददाता
२०७८ अषाढ २१, सोमबार मा प्रकाशित ९१२ पटक पढिएको

काभ्रेमा अझै खुकुलो गर्दै निषेधाज्ञा १० दिन थपियो, जोरबिजोर प्रणाली हट्यो

असार २१, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले निषेधाज्ञा थप गरेको छ। निषेधाज्ञालाई अझै खुकुलो गर्दै १० दिन थपेर निषेधाज्ञा हारी गरिएको हो। आज असार २१ गते राती १२ बजेदेखि ३१ गतेसम्म निषेधाज्ञा थप गरीएको हो।

आज राती १२ बजेबाट लागुहुने गरी सवारी साधनको जोरबिजोर प्रणाली पनि हटाईएको छ। बनेपा केन्द्रबिन्दु भएर जिल्ला भित्र सबै प्रकारका सवारी संचालन गर्न पाईने छ। यस्तै सार्वजनिक बसहरु भने बिहान ६ बजेदेखी साँझ ७ बजेसम्म संचालन गर्न भनिएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलद्वारा आज (सोमबार)जारी आदेशमा बसको सिट क्षमता भन्दा बढी यात्रु नराख्न भनिएको छ भने चालक, सहचालक तथा यात्रुहरुले स्वास्थ्य मापदण्डको पुरना पालना गर्न भनिएको छ।

यसबाहेक अत्यावश्यक काम बाहेक हिड्डुल नगर्न, मेला, पर्व, जिमखाना, शैलुन, महोत्सव, जुलुस जस्ता मानिसको भिडभाड हुने कुनै पनि गतिविधि गर्न नपाईने प्रमुख जिल्ला अधिकारी पोखरेले बताउनुभयो।

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा जारी आदेश :-


प्रतिक्रिया दिनुहोस