फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यासमा २५ रुपैयाँ बढ्यो

नौलो समाचार संवाददाता
२०७८ अषाढ २२, मंगलबार मा प्रकाशित ९६५ पटक पढिएको
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यासमा २५ रुपैयाँ बढ्यो

असार २२, काठमाडौं। नेपाल आयाल निगमले पेट्रोल पदार्थको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले आज (मंगलबार) फेरि इन्धनको मूल्य बढाएको हो ।

गत असार १० गते राती १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पुर्‍याएको छ । डिजेलरमटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ, हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७४५ डलर पुर्‍याएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँका दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस