पाँचखालका कृषकलाई अनुदानमा हाते ट्याक्टर बितरण

नौलो समाचार संवाददाता
२०७८ अषाढ २३, बुधबार मा प्रकाशित ८१७ पटक पढिएको

पाँचखालका कृषकलाई अनुदानमा हाते ट्याक्टर बितरण

असार २३, काभ्रे। पाँचखालमा किसानलाई अनुदानमा हाते ट्याक्टर बितरण गरिएको छ। पाँचखाल नगरपालिका वडा नं ७ र ९ का कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर बितरण गरिएको हो।

पाँचखाल नगरपालिका वडा नं ९ ले २५ वटा कृषक समूहलाई २५ वटा हाते ट्याक्टर वितरण गरेको छ। यस्तै पाँचखाल वडा नं ७ ले ७ वटा हाते ट्याक्टर र ४ वटा स्प्रे मेशिन कृषकलाई वितरण गरेको छ।

वडा नं ९ मा आयोजना भएको कार्यक्रममा वडा अध्यक्ष किरण श्रेष्ठले कृषि उपकरण वितरण गर्नुभएको थियो भने वडा नं ७ का भएको कार्यक्रममा वडा अध्यक्ष पुष्कर ढकालले कृषकहरुलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो।

हस्तान्तरण कार्यक्रममा वडा अध्यक्षहरुले कृषिलाई आधुनिकिकरण र यान्त्रीकरण गर्न मेसीनरी औजारहरु वितरण गरेको जानकारी दिनुभयो। कृषि यन्त्रको सहयोगमा लागत कम लाग्ने तथा उत्पादन बढ्ने वडा अध्यक्षहरुको भनाई छ।


प्रतिक्रिया दिनुहोस