भुम्लु सिम्थलीका किसानलाई उन्नत जातको बाख्रा वितरण

नौलो समाचार संवाददाता
२०७८ अषाढ २६, शनिबार मा प्रकाशित ११७५ पटक पढिएको

भुम्लु सिम्थलीका किसानलाई उन्नत जातको बाख्रा वितरण

असार २६, काभ्रे। भुम्लु गाउँपालिकास्थित सिम्थलीका किसानलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ। किसानको आयस्तर माथि उकास्ने उद्देश्यले भुम्लु गाउँपालिकाले उन्नत जातको जमुनापारी बाख्रा वितरण गरेको हो।

गाउँपालिकाकी उपाध्यक्ष कल्पना श्रेष्ठ र वडा अध्यक्ष कृष्ण कार्कीले सिम्थलीका ६१ जना किसानलाई ५०५ रुपैयाँ अनुदानमा उन्नत जातको बाख्रा वितरण गर्नुभएको हो।

पशुपालनबाट किसानको जीविकोपार्जनमा सहज ल्याउनका लागि उन्नत जातको बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।

उहाँका अनुसार गाउँपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/७८ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उन्नत जातको बाख्रा किसानहरुलाई वितरण गरिएको हो। किसानलाई वितरण गरिएको सबै बाख्राको बिमा गरिएको उहाँले जानकारी दिनुभयो।


प्रतिक्रिया दिनुहोस