बेथानचोकका १२४ किसानलाई अनुदानमा हाते ट्रयाक्टर

नौलो समाचार संवाददाता
२०७८ अषाढ ३१, बिहिबार मा प्रकाशित ८५३ पटक पढिएको

बेथानचोकका १२४ किसानलाई अनुदानमा हाते ट्रयाक्टर

असार ३१, काभ्रे। काभ्रेको बेथानचोक गाउँपालिकाले किसानलाई ६० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको छ। वडास्तरबाट आएका १२४ किसानलाई अनुदानमा हाते ट्याक्टर गाउँपालिकाले वितरण गरेको हो।

गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, उपाध्यक्ष सरिता लामिच्छाने, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर १ का वडा अध्यक्ष सोमनाथ घिमिरे, वडा न २ का अध्यक्ष भगवान घिमिरे, वडा न ३ का अध्यक्ष दिलबहादुर श्रेष्ठ, वडा न ४ का अध्यक्ष लालबहादुर श्रेष्ठ, वडा न ५ का अध्यक्ष खञ्चाजी लामा, वडा न ६ का अध्यक्ष विष्णु मोक्तान लगायतको किसानलाई हाते टयाक्टर वितरण गर्नुभएको हो ।

बेथानचोक गाउँपालिका कृषि शाखाका प्रमुख दीपक उपाध्यायका अनुसार १२४ हातेट्याक्टर मध्ये वडा न १ मा १५, वडा न २ मा १७, वडा न ३ मा २०, वडा न ४ मा २३, वडा न ५ मा २० र वडा न ६ मा १२ किसानलाई वितरण गरिएको छ।

त्यस्तै पालिकाले पावर स्प्रेयर र प्लाष्टिक टनेल पनि वितरण गरिरहेको जनाएको छ । प्लाष्टिक टनेल १०८ र पावर स्प्रेयर ९५ वटा ५० प्रतिशत अनुदानमा वितरण गरिने छ भने सुन्तला र कागतीका विरुवा शतप्रतिशत अनुदानमा वितरण भइरहेको गाउँपालिका कृषि शाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस