काभ्रेमा साउन १० गतेसम्म निषेधाज्ञा थप, सार्वजनिक यातायात पास लिएर काठमाडौं छिर्न पाउने 

नौलो समाचार संवाददाता
२०७८ अषाढ ३१, बिहिबार मा प्रकाशित ९३३ पटक पढिएको

काभ्रेमा साउन १० गतेसम्म निषेधाज्ञा थप, सार्वजनिक यातायात पास लिएर काठमाडौं छिर्न पाउने 

असार ३१, काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले साउन १० गतेसम्म नि’षेधाज्ञा थप गरेको छ । काभ्रेमा पहिलो पटक बैशाख १९ गतेदेखि नि’षेधाज्ञा सुरू भएको छ ।

जिल्ला अधिकारी शिवराम पोखरेलले आज निषेधाज्ञा थप आदेश जारी गर्नुभएको हो । प्रशासन कार्यालयले जारी गरेको आदेशमा अत्यावश्यक काम परि आवतजावत गर्दा जन स्वास्थ्यको मापदण्ड र सामाजिक दुरी पूर्णरुपमा पालना गर्न भनिएको छ ।

सबै प्रकारका सभा सम्मेलन लगायत मानिसहरु भेला हुने कार्य गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो।

सबै प्रकारका पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाईनेछन्।

त्यस्तै तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल र बाटोमा तरकारी तथा फलफूल विक्री वितरण नगर्न पनि भनेको छ ।

प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनका लागि कुल सिट क्षमताभन्दा बढी संख्या यात्रु नराख्न र चालक, सहचालक तथा यात्रुहरुले निर्धारित जनस्वास्थ्यका मापदण्ड पालन अनिवार्य गरेर मात्र सञ्चालन गर्न भनेको छ ।

त्यस्तै विकास निर्माणका सामग्री ढुवानी गर्ने सवारी साधन जिल्लाभित्र स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना हरु गरेर साँझ ५ बजेदेखि बिहान ८ बजे र जिल्ला बाहिर राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने नियम तोकेको छ ।

काठमाडौंको निषेधाज्ञामा सार्वजनिक यातायात पास लिएर छिर्न पाउने 

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गते सम्मलाई निरन्तरता दिइएको छ। काठमाडौं उपत्यकाका ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधका केही प्रावधानहरुलाई थप खुकुलो बनाउँदै साउन १० गते सम्मलाई निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।

सबै प्रकारका सभा सम्मेलन लगायत मानिसहरु भेला हुने कार्य गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो।

यस्तै सार्वजनिक यातायातका साधन पास लिएर उपत्यका प्रवेश गर्न पाउनेछन ।

यस्तै, बाहिरी जिल्लाबाट अनावश्यक रुपले प्रवेश गर्न कडाइ गरिने छ। अत्यावश्यक कामका लागि काठमाडौं आउनुपर्ने अवस्थामा अन्य जिल्लाबाट पास लिइरहनुपर्ने छैन। यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस