चौंरीदेउरालीको नीति, कार्यक्रम र बजेट सार्वजनिक

नौलो समाचार संवाददाता
२०७८ श्रावण १, शुक्रबार मा प्रकाशित ५१५ पटक पढिएको

चौंरीदेउरालीको नीति, कार्यक्रम र बजेट सार्वजनिक

साउन १, काभ्रे। काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । विहिबार एक कार्यक्रमका बीच गाउँपालिकाले नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको हो।

आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम लागु गर्न कुल वार्षिक बजेट रु. ५२ करोड ११ लाख २६ हजार विनियोजन गरिएको छ, जसमा कुल विकास खर्च ११ करोड ९५ लाख ३८ हजार रहेको छ।

कार्यक्रमको उद्घाटन संघीय सांसद गंगाबहादुर तामाङ बमध्वजले गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बमध्वजले गाउँपालिकाले निक्कै राम्रो र जनमुखी नीति, कार्यक्रम र बजेट ल्याएकोमा प्रसंशा गर्नुभयो ।

त्यसैगरी विशेष अतिथिको रुपमा रहेको प्रदेश सभा सदस्य सांसद रत्न ढकालले पनि चौंरीदेउराली गाउँपालिकाले ४ वर्षमा गरेको कामको समिक्षा गर्नुको साथै आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम र बजेटको प्रसंशा गर्नुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिननाथ गौतम प्रयासले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो। अध्यक्ष गौतमले वडाहरुमा गाउँपालिका केन्द्र जोड्ने एउटा सडकलाई स्तरोन्नती गरी कालो पत्रे गर्ने नीति रहेको बताउनुभयो। साथै प्रत्येक वडाका टोलटोलमा रहेका सडकहरुलाई स्तरोन्नती गर्ने र वर्षै भरी यातायात सुचारु गर्ने कार्यलाई निरन्तरता दिइने समेत नीति रहेको बताउनुभयो। त्यस्तै गरी कृषि, पर्यटन, सुशासनका लागि समेत प्राथमिकतामा राखेर अगाडि बढ्ने योजना रहेको उहाँले बताउनुभयो।

यसैबीच यो आर्थिक वर्षदेखि जनयुद्ध तथा जनआन्दोलनका क्रममा हत्या गरिएका तथा वेपत्ता पारिएका शहिद तथा वेपत्ता परिवारलाई प्रतिमहिना रु २ हजारका दरले सहयोग उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यसैगरी उपाध्यक्ष ताराकुमारी चौंलागाईंले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम लागु गर्न कुल वार्षिक बजेट रु. ५२ करोड ११ लाख २६ हजार विनियोजन गरिएको छ। जसमा कुल विकास खर्च ११ करोड ९५ लाख ३८ हजार रहेको उपाध्यक्ष चौंलागाईंले जानकारी दिनुभयो।
‘आर्थिक विकास २ करोड २३ लाख, सामजिक विकास ४ करोड ६५ लाख ९ हजार, पुर्वाधार विकास  १ करोड ९२ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र १ करोड ४० लाख ५० हजार गरी कुल विकास बजेट १० करोड २० लाख ५९ हजार विनियोजन गरेको उहाँले बताउनुभयो।


प्रतिक्रिया दिनुहोस