चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

नौलो समाचार संवाददाता
२०७८ श्रावण १, शुक्रबार मा प्रकाशित ६८० पटक पढिएको
चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने

साउन १, काठमाडौं। चीनले नेपाललाई थप १६ लाख डोज कोभिड-१९ विरुद्धको खोप (भ्याक्सिन) दिने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई (शुक्रबार) बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराउनुभएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा राजदूत यान्छीले थप १६ लाख डोज भ्याक्सिन अनुदानमा नेपाललाई उपलब्ध गराउने निर्णय चीन सरकारले गरेको जानकारी गराउनुभएको थियो।

प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि धन्यवाद दिँदै कोभिड–१९ नियन्त्रण तथा न्यूनीकरणका लागि चिनियाँ सरकारबाट थप सहयोग प्राप्त हुने पनि विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री नियुक्त भएको ४ दिनपछि चिनियाँ रावदूत यान्छी देउवालाई भेट्न आज सरकारी निवास बालुवाटार पुग्नुभएको थियो।

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत यान्छीबीचको शुक्रबारको भेटमा चीन–नेपाल सम्बन्धका बहुआयामिक पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस