मण्डनदेउपुर नगरपालिकाका विद्यालयमा पठन-पाठन सुरु

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३, आईतबार मा प्रकाशित ६७४ पटक पढिएको

मण्डनदेउपुर नगरपालिकाका विद्यालयमा पठन-पाठन सुरु

साउन ३, काभ्रे। काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विद्यालय आजबाट सञ्चालनमा आएका छन् । नगरपालिकाभर आज (आईतबार)बाट कक्षागत सिफ्ट बिभाजन गरी पठन-पाठन सुरु गरिएको हो।

स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पूर्णरुपमा अपनाई भौतिक दूरी कायम गरी निश्चित समयभित्र पठनपाठन र बैकल्पिक सिकाई गर्नेगरी विद्यालय खोलिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख लोकेन्द्र बिष्टले जानकारी दिनुभयो।

नयाँ शैक्षिक सत्रको कक्षा सञ्चालन गर्ने असार ९ गते बसेको नगर कार्यपालिका बैठकको निर्णयअनुसार शैक्षिकसत्र २०७८ को पठनपाठन सुरु गरिएको प्रमुख बिष्टको भनाई छ।

दैनिक छुट्टाछुट्टै कक्षालाई विद्यालयमा बोलाउने र शिक्षण सिकाई गर्ने गरी पठनपाठनका क्रियाकलाप अघि बढाईएको उहाँले बताउनुभयो।

पहिलो, दोश्रो दिन गर्दै क्रमशः १-३, ३-५, ५-८, ९-१०, ११-१२ कक्षाका विद्यार्थीलाई पठनपाठन गरिने छ ।


प्रतिक्रिया दिनुहोस