काभ्रेमा भोलीदेखि ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाइने

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३, आईतबार मा प्रकाशित १०६२ पटक पढिएको

काभ्रेमा भोलीदेखि ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाइने

साउन ३, काभ्रे। काभ्रेमा भोली (सोमबार)देखि ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाइने भएको छ। ५० देखि ५४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई दिईने स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो।

‘जोन्सन एण्ड जोन्सन’ खोप एक मात्रा (डोज) लगाए पुग्छ। भोलीदेखि काभ्रेका १३ वटै स्थानीय तहमा यो खोप लगाईनेछ।

५० देखि ५३ बर्ष उमेर समुहका सबै नागरिकसहित पूर्ण अपागंता र (क र ख) वर्गका अति अशक्त ब्यक्ति, नेपालमा बसिरहेका शरणार्थी र यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीले खोप लगाउन पाउने डाक्टर झाले जानकारी दिनुभयो।

खोप लगाउन जाँदा पूर्ण स्वास्थ्य मापदण्ड पालना गर्दै उमेर खुल्ने परिचय पत्र लिएर जानु पर्ने बताईएको छ।


प्रतिक्रिया दिनुहोस