पनौतीको बल्थली लड्केश्वरमा १०८ फिटको त्रिशुल निर्माणका लागि शिलान्यास

नौलो समाचार संवाददाता
२०७८ श्रावण ४, सोमबार मा प्रकाशित ९८३ पटक पढिएको

पनौतीको बल्थली लड्केश्वरमा १०८ फिटको त्रिशुल निर्माणका लागि शिलान्यास

साउन ४, काभ्रे। पनौतीस्थित धर्मिक तथा पर्यटकीय क्षेत्र बल्थलीस्थित लड्केश्वरमा १०८ फिटको त्रिशुल स्थापना गरिने भएको छ। पनौती नगरपालिका वडा नम्बर-११ स्थित धर्मिक क्षेत्र लड्केश्वर मन्दिर नजिकै निर्माण गर्न लागिएको बिशाल त्रिशुलको आज (सोमबार) शिलान्यास गरिएको छ। मन्त्रिपरिषदका पुर्ब अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले त्रिशुलको निर्माणस्थलमा शिलान्यास गर्नुभएको हो।

पनौती नगरपालिका वडा नम्बर-११ स्थित स्थानीय, समाजसेवी तथा ओमकार टेलिभिजनको प्रालिको संयोजनमा उक्त बिशाल त्रिशुल निर्माण गर्न लागिएको हो। त्रिशुल निर्माणको लागी करिव दुई करोड खर्च लाग्ने अनुमान गरिएको ओमकार टेलिभिजनका संस्थापक अध्यक्ष मुकुन्द शर्माले जानकारी दिनुभयो। त्रिशुल निर्माणको लागी स्थानीय नगरबासी तथा ओमकार टेलिभिजनबाट दैनिक दुई घण्टा धर्मिक तथा पर्यटकीय क्षेत्र लड्केश्वरको बारेमा कार्यक्रम प्रशारण गर्दै चन्दा संकलनको कार्य भैरहेको पनि शर्माले बताउनुभयो।

कार्यक्रमा बोल्दै कांग्रेसका जिल्ला सभापति मधु आचार्यले नगरबासी, स्थानीय सरकारको सहयोगबाट नै त्रिशुलको निर्माण र स्थापना कार्य सम्पन्न हुने बताउदै आवश्यकता अनुसार आफुहरुको सदैव साथ र  सहयोग रहने बताउनुभयो।

यस्तै, पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले त्रिशुल निर्माणले धर्मिक तथा पर्यटकीय क्षेत्र लड्केश्वरले आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षित गर्ने बताउनुभयो।

कार्यक्रममा बागमती प्रदेश सांसद बसुन्धरा हुमागाई, पनौती नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तारामान लामा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष भोला थापा तथा महेश पौडेल, स्थानीय जनप्रतिनिधि, समाजसेबी तथा पत्रकारहारको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस