काभ्रेमा आज बढे संक्रमित, ५४ जना संक्रमित थपिए, ३५ डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ श्रावण ४, सोमबार मा प्रकाशित ५०९ पटक पढिएको
काभ्रेमा आज बढे संक्रमित, ५४ जना संक्रमित थपिए, ३५ डिस्चार्ज

साउन ४, काभ्रे। काभ्रेमा कोरोना संक्रमित बढेका छन्। आज (सोमबार) जिल्लाभर ५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। यस्तै आजै ३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

यस्तै आज जिल्लामा ४७९ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित पनौतीमा नगरपालिकामा रहेका छन्। क्रमश: पनौतीमा १२२ जना, धुलिखेलमा १०९, बनेपामा ८६, पाँचखालमा ८८, नमोबुद्धमा २५, रोशी गाउँपालिकामा १७ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ५४ संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १०, धुलिखेल २, पनौतीमा ५, पाँचखालमा ९, भुम्लुमा १,  तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा १८, पनौतीमा ५, बेथानाचोकमा ४ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ११ हजार ८९० पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु

कोरोना संक्रमणबाट काभ्रेमा आज धुलिखेका ९० वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस