काभ्रेमा आज ह्वात्तै बढे संक्रमित, १२८ जना नयाँ संक्रमित थपिए, ३७ डिस्चार्ज

नौलो समाचार संवाददाता
२०७८ श्रावण ५, मंगलबार मा प्रकाशित ५३६ पटक पढिएको
काभ्रेमा आज ह्वात्तै बढे संक्रमित, १२८ जना नयाँ संक्रमित थपिए, ३७ डिस्चार्ज

साउन ५ , काभ्रे। काभ्रेमा कोरोना संक्रमित ह्वात्तै बढेका छन्। आज (मंगलबार) जिल्लाभर १२८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। यस्तै आजै ३७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

यस्तै आज जिल्लामा ५७० जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्। क्रमश: धुलिखेल १३८ जना, पनौतीमा १३४, बनेपामा ११०, पाँचखालमा ९७, नमोबुद्धमा ४०, रोशी गाउँपालिकामा १६, बेथानाचोकमा ११ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका १२८ संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ३५ जना, धुलिखेल ३७, पनौतीमा २२, पाँचखालमा ११, नमोबुद्धमा ३, तेमालमा २, बेथानाचोकमा १ तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा १३ जना, बनेपामा ३, पाँचखालमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार ०१८ पुगेको कार्यालयले जनाएको छ।

१३९८ जनाले लगाए खोप 

पाचौ चरणको खोप कार्यक्रमा अन्तर्गत काभ्रेमा आज १ हजार ३९८ जनाले जोन्सन एण्ड जोन्सनको खोप लागेका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस